TodayPati

टर्कीमा विमान दुर्घटना : ३ को ज्यान गयो, १ सय ७९ घाइते

एजेन्सी-
टर्की, माघ २३ गते ।

टर्कीमा यात्रुबाहक विमान दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । दुर्घटजामा १ सय ७९ जना घाइते भएका छन् ।
टर्कीको राजधानी इस्तानबुलमा अवतरण गर्ने क्रममा एक यात्रुबाहक विमान धावनमार्गमा चिप्लिएर तीन टुक्रा भएको हो ।

द पेगासस एयरलाइन्सको सो विमानमा १७१ यात्रु र चालकदलका ६ जना सदस्य सवार थिए । देशको पश्चिममा रहेको इजमिर प्रान्तबाट आएको त्यस विमान सबिहा गोकसेन विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो ।

Sponsored

बोइङ ७२७ विमान भारी हावा र वर्षाकाबीच विमानस्थलमा अवतरण हुने प्रयासमा थियो । घटनापछि विमानस्थल बन्द गरेर अन्य उडानहरूलाई अन्यत्र मोडिएको थियो ।

टर्कीका संचारमाध्यमका अनुसार विमानमा सवार अधिकाशं यात्री टर्किस नागरिक हुन् भने जसमा २० जना विदेशी नागरिक रहेका छन् । घटनास्थलमै ३ जनाको मृत्यु भएको र १७९ जना घाइते भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । केहि घाइतेहरुको अवस्था गम्भीर रहेको संचारमाध्यमहरुले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *