विश्वासको मत मागेका मधेशका मुख्यमन्त्री सरोजको विपक्षमा शून्य मत
टुडेपाटी–
जनकपुरधाम, माघ ४ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत माग्दा उनको विपक्षमा शुन्य मत परेको छ ।
हाल प्रदेशसभामा १०५ जना प्रदेशसभा सदस्य कायम रहेकोमा मतदानमा उपस्थित १०२ जना प्रदेशसभा सदस्यले नै उनलाई विश्वासको मत दिएका छन् ।
जनता समाजवादी पार्टीको संसदीय दलको नेता रहेका यादव ६३ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । जसपासहित विभिन्न ७ वटा राजनीतिक दल र दुईजना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका यादवले विश्वासको मत लिँदा उनको विपक्षमा कसैले मतदान गरेको छैन् ।