जसपाले बोलायो संसदीय दलको बैठक
टुडेपाटी–
काठमाडौँ, माघ ३ गते ।
जनता समाजवादी पार्टी नेपालले संसदीय दलको बैठक बोलाएको छ ।
पार्टी प्रचारविभाग प्रमुख पूर्ण बस्नेतका अनुसार वर्तमान विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।
बैठक आज दिउँसो २ बजे पार्टी कार्यालयमा बस्नेछ ।
मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै जसपाले सरकारमा नजाने अडान लिएपछि आजको शपथमा भाग लिएको छैन ।
जसपाबाहेकका मन्त्रीहरुले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।
Sponsored