प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद विस्तार, को–को बने मन्त्री ?
टुडेपाटी–
काठमाडौँ, माघ ३ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन्।
नवनियुक्त भएका मन्त्रीहरुले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रिपति कार्यालयमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री एवं ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् ।
यस्तै, माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन्। सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छन्।
Sponsored
नेकपा एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त भएका छन् । पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्रीमा नियुक्त भएका हुन्।
यस्तै, राप्रपाबाट सहरी विकासमन्त्रीमा बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहेका छन्। दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल श्रम र शिशिर खनाल शिक्षा मन्त्री नियुक्त भएका छन्। तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेकी छिन् ।