मन्त्री कुशवाहाले गरे शहीद परिवारहरूसँग भेटघाट
टुडेपाटी-
सिरहा, माघ २ गते ।
मधेश प्रदेशका मन्त्री एवं जनमत पार्टीका उपाध्यक्ष ईन्जिनियर बशन्त कुशवाहाले मधेश आन्दोलनका शहीद परिवारहरूसँग भेटघाट गरेका छन्।
मधेश आन्दोलनका क्रममा सिरहा जिल्लामा शहीद भएका रमेश महतोको आमाबाबुसँगै उनका परिवारका सदस्यहरुलाई मन्त्री कुशवाहाले भेटेका हुन् ।
यसैगरी, शहीद प्रमोद सादा र बिजय सहनीको परिवारलाई पनि मन्त्री कुशवाहाले सम्मान गरेका छन् ।
सोही क्रममा मन्त्री कुशवाहाले लाहान स्थित शहीद पार्कमा पनि माल्यार्पण समेत गरे ।
शहीद परिवारहरुसँगको भेटमा मन्त्री कुशवाहाले मधेश सरकारले शहीद परिवारको समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Sponsored