TodayPati

सत्ता साझेदार दलको बैठक जारी

रासस–
काठमाडौँ, माघ २ गते ।

मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिदेखि बैठक सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।

Sponsored

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आजै मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल भएको थियो । ओली निवास बालकोटमा भएको लामो छलफलपछि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारमा आजै सहमति जुट्ने बताएका थिए।

उपप्रधानमन्त्री विष्णु पौडेलले पनि आजै बैठक बस्ने र सहमति खोजिने बताए। दाहाल गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्री दाहालले पुस ११ गते सानो आकारको मन्त्रिमण्डल बनाएका थिए। उनले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *