भारतबाट बढेर आयो पेट्रोलको मूल्य
टुडेपाटी–
काठमाडौँ, माघ २ गते ।
भारतबाट पेट्रोलको मूल्य बढेर आएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए ।
डिजेल भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको निर्देशनअनुरुप आयल निगमले पुस २४ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३÷३ रुपैयाँ तथा आन्तरिक हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो ।
Sponsored