लोसपा एक मन्त्री लिएर सरकारमा जान तयार
टुडेपाटी–
काठमाडौं, माघ २ गते ।
लोकतान्त्रिक समाजवादी पार्टी पनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई २६ पुसमा विश्वासको मत दिएको लोसपा एक मन्त्री लिएर सरकारमा जान तयार भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पनि लोसपालाई सरकारमा ल्याउन सहमत भएका छन् ।
‘सरकारमा जाने पक्का भएको छ, मन्त्रीको नामबारे निर्णय भइसकेको छैन’, लोसपाका एक नेताले भने ।
लोसपाको प्रतिनिधिसभामा चार सांसद छन् ।
Sponsored