दुर्घटनामा परेको विमानको ‘ब्ल्याक बक्स’ भेटियो
टुडेपाटी–
पोखरा, माघ २ गते ।
पोखरामा आइतबार दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ ।
सोमबार बिहान ‘ब्ल्याक बक्स’ भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले जानकारी दिए ।
विमान दुर्घटनाको कारण पत्ता लगाउन ब्ल्याक बक्स महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ ।
प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ ।
ब्ल्याक बक्स आजै काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ ।
Sponsored