TodayPati

विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय शोक, सार्वजनि बिदा

टुडेपाटी-
जनकपुरधाम, माघ २ गते ।

पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख प्रकट गर्दै सरकारले शोकमा आज सार्वजनिक बिदा दिएको छ। 

चालक दलका सदस्यसमेत ७२ यात्रु लिएर काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आइतबार पोखराको सेतीखोँचमा दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ भने ६ यात्रु अझै बेपत्ता छन्।  

Sponsored

दुर्घटनापछि आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आज सोमबारलाई राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो।


त्यस्तै यती एयरलाइन्सले आज सोमबार हुने सबै उडान रद्द गरेको छ ।
दुर्घटना भएको शोकमा आजका उडान रद्द गरिएको यती एयरलाइन्सले जनाएको ५ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *