TodayPati

भोली राष्ट्रिय झण्डा आधा झुकाइने

टुडेपाटी–
काठमाडौँ, माघ १ गते ।

पोखरामा ७२ जना सवार यति एयरलाइन्सको विमान दुर्घटना भएकोमा सरकारले भोली राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

यस्तै, अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

Sponsored

सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारले घटनाप्रति दुःख व्यक्त गरेको बताएका छन् ।

आइतवार विहान काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान कास्की जिल्लाको पोखरा महानगरपालिका १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *