TodayPati

आन्तरिक उडानका सबै विमानको अनिवार्य प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

टुडेपाटी–
काठमाडौं, माघ १ गते ।

सरकारले आन्तरिक उडानका सबै विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

Sponsored

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यो व्यवस्थाले हवाई दुर्घटना हुन नदिन भूमिका खेल्ने आफुहरुको विश्वास रहेको बताए ।

यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।

आइतबार ७२ जना सवार यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको नेतृत्वमा जाँच आयोग बनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *