TodayPati

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

टुडेपाटी–
काठमाडौँ, माघ १ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।

पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना भएलगत्तै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।

Sponsored

जारी बैठकमा विमान दुर्घटनापछि प्रभावकारी उद्धार तथा दुर्घटनाको प्राविधिक कारण खोजीलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकअघि प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर दुर्घटनाबारे जानकारी लिएका थिए ।

आइतबार बिहान काठमाडौंबाट उडेको जहाज बिहान ११ बजे पोखराको सेती खोँचमा दुर्घटना भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *