TodayPati

विमान दुर्घटनास्थलबाट ३६ जनाको शव निकालियो

टुडेपाटी–
काठमाडौँ, माघ १ गते ।

पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीका अनुसार सेती नदीको खोचबाट शव निकाल्ने क्रम चलिरहेको र हालसम्म ३६ जनाको शव निकालिएको छ ।

Sponsored

शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख अधिकारी केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताए ।

आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । यात्रुमध्ये १० जना विदेशी नागरिक रहेको प्रारम्भिक सूचना आएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *