लालबाबु सरकारको समीक्षा नवगठित मधेश सरकारले गर्ने
टुडेपाटी-
जनकपुरधाम, पुस ३० गते ।
नवगठित मधेश सरकारले अघिल्लो मुख्यमन्त्री लालबाबु राउत सरकारले गरेको कामको समीक्षा गर्ने भएको छ ।
शुक्रबार सरोजकुमार याद नेतृत्वको नवगठित सरकारले पदभार ग्रहण यस्तो निर्णय गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले अघिल्लो प्रदेश सरकारले गरेको कामको मूल्यांकन र समीक्षा गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले सबै स्थानीय तहमा जाडोबाट बच्न विपन्न वर्गलाई दाउरा वितरण गर्ने पनि निर्णय गरेको जनाएको छ ।