जनकपुरधाममा अण्डर–१६ क्रिकेट प्रतियोगिता हुने
टुडेपाटी–
जनकपुरधाम, पुस २९ गते ।
अगामी माघ १५ गतेदेखि जनकपुरधाममा विद्यालय स्त्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । हरिज स्पोर्टस जनकपुरधामको आयोजनामा अण्डर–१६ क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
जनकपुरधाममा क्रिकेट र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले रंगभुमी मैदान बाह्रविघामा प्रतियोगिता हुने आयोजक संस्थाका सञ्चालक तथा राष्ट्रिय क्रिकेट टिमका खेलाडी हरिशंकर साहले जानकारी दिए ।
साहका अनुसार प्रतियोगितामा संस्थागत र सरकारी विद्यालयगरि १६ टिमको सहभागि हुने छन् । १६ वटा टिमलाई चार समुहमा विभाजन गरी लिग प्रणालीमा प्रतियोगिता हुने छन् । सो भन्दा बढी टिमको सहभागिता भए छनौट खेल गरी लिगमा सहभागि गराइने आयोजक साहले बताए ।
डिउज बलले हुने खेल २० ओभरको खेलाइने छन् । प्रतियोगितामा खेलाडीहरुको प्रोत्साहनको लागि सबै विद्यामा पुरुस्कारको व्यवस्था गरिएको छ ।
राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट अवकास प्राप्त गरेका नविन सिंहले खेलमा बालबालिकाको रुचि बढाउन प्रतियोगिता हुन लागेको बताए । खेलले स्वास्थ्य र मानसिक रुपमा स्वस्थ्य बनाएको हुनाले बालबालिकालाई खेल अनिवार्य गर्नुपर्ने उनको जिकिर छ । पुरुस्कारको विषयमा तय नभएको र पछि आयोजक टिमले उचित व्यवस्था गरिने छन् । खेलमा सहभागि हुने टिमसँग न्युनतम शुल्क पनि लिइने छन् ।
Sponsored
Namaste sir , I am Nimesh Paswan from Shree Yagvalkya Sanskrit Secondary school gyankoop . I also want to play under this tournament how can I join this tournament can you help me please. Actually our school may not want to participate in it . Sir please I want to play Cricket for my nation in future. I am studying in class 10. I am sure that you will help me sir please.
Sanjay sir sa baat karuna sab milka ki pata main jau