TodayPati

नेपाली क्रिकेट टिमका पूर्वकप्तान लामिछाने धारौटीमा रिहा

टुडेपाटी-
काठमाडौँ, पुस २९ गते ।

बलात्कार अभियोगमा पुर्पक्ष थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन्।

शुक्रबार पाटन उच्च अदालतमा २० लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन्। बिहीबार पाटन उच्च अदालतले उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

Sponsored

सन्दीपलाई न्यायाधीशहरु धुव्रराज नन्द र रमेश ढकालको इजलासले सर्तसहित थुनामुक्त गर्न आदेश दिएको हो।

अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको छ भने काठमाडौँ उपत्यका बाहिर जाँदा पनि प्रशासनको अनुमति लिनु पर्नेछ। यसका साथै उनलाई मुद्दाको विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिन पनि अदालतले रोक लगाएको छ।

बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध उनले उच्च अदालतमा निवेदन दिएका थिए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *