मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा पदभार ग्रहण
टुडेपाटी-
जनकपुरधाम, पुस २९ गते ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका छन् ।
शुक्रवार प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको सपथ लिएपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले एक साता भित्र मन्त्रीपरिषद् वितार गर्ने र विश्वासको मत लिने बताए । उनले विधुतिय शासनको गुरुयोजना तयार गर्ने निर्णयमा गरेका हुन् ।
शुक्रवार मुख्यमन्त्री सहित चारजना मन्त्रीले सपथ ग्रहण गरेपनी उनीहरुको मन्त्रालय तोकिएको छैन ।
Sponsored