TodayPati

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादव आज शपथ लिँदै

टुडेपाटी-
जनकपुरधाम, पुस २९ गते ।

मधेश प्रदेशका नव नियुक्त मुख्यमन्त्रीमा सरोजकुमार यादवले आज पद तथा गोपनियताको शपथ लिँदै छन् ।
आज दिउँसो १२ बजे मधेश भवनामा प्रदेश प्रमुख हरिशंकर मिश्रसंग उनले शपथ लिने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता यादव बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यादवलाई हालसम्म ७२ सांसदको समर्थन छ । यादवलाई लोसपाले पनि समर्थन जनाकएको छ । आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीको १३, लोसपाको ९, नेकपा माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १-१ र १ स्वतन्त्र प्रदेशसभा सदस्यले समर्थन गरेका हुन् ।

Sponsored

उनले आफूलाई समर्थन गरेका दलबाट कम्तीमा एक–एकजना मन्त्री नियुक्त गरेरसंगै शपथ लिने तयारी गरेका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *