TodayPati

सातै प्रदेशको प्रहरी प्रमुखको सरुवा, मधेशमा बसन्तबहादुर कुँवर आउँदै

टुडेपाटी–
काठमाडौँ, पुस २८ गते ।

नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् । मधेशमा रहेका डीआईजी मसाउद आलम खाँको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा भएको हो ।

Sponsored

यस्तै, कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन् भने भीमप्रसाद ढकाल कर्णाली प्रदेश पठाइएका छन् ।

प्रहरी प्रधान कार्यालयमा रहेका डीआईजी दीपक थापा बागमती प्रदेशको प्रमुखको जिम्मेवारी पाएका हुन् ।

यस्तै, अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन् ।

Sponsored

प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईले लुम्बिनी प्रदेश, बुद्धिराज गुरुङ गण्डकी प्रदेशको जिम्मेवारी पाएका हुन् ।

यस्तै, प्रदेश १ प्रहरी कार्यालय, विराटनगरको नेतृत्व श्यामलाल ज्ञवाली आएका हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा थिए । अब विमानस्थलमा किरण राणालाई खटाइएको छ ।
यस्तै, विशेष ब्यूरोमा सुदीप गिरी पुगेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *