TodayPati

अनुसन्धानमा बाधा पुर्‍याउनेलाई पनि कारवाही हुन्छ : गृहमन्त्री लामिछाने

टुडेपाटी–
चितवन, पुस २८ गते ।

अपराध छानबिनमा प्रभाव पार्न खोज्नेहरुलाई समेत कारबाही गर्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चेतावनी दिएका छन् ।

बिहीबार चितवन पुगेका गृहमन्त्री लामिछानेले महसुस गर्न सक्ने गरी शान्ति सुरक्षा कायम गर्ने बताए । उनले भने, ‘कुनै पनि दलले अनुसन्धानमा बाधा पुर्‍याउने, मेरो मान्छे छोडिदेउ भनेके सुन्न पर्दैन । बरु त्यस्तो भनेको प्रमाण ल्याउनु भयो भने भन्ने मान्छेलाई पनि कानुनी दायरामा ल्याउन सकिन्छ ।’

Sponsored

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेले आफ्नो दलका कोही कसैले प्रभाव पार्न खोजे निर्मम भएर काम गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको बताए ।

चुनावका बेला आफूले गरेको कुनै पनि बाचा नबिर्सिएको भन्दै उनले भने, ‘राम्रो कति गर्न सक्छु थाहा छैन, तर नराम्रो एउटा पनि गर्दिन । कति दिन, महिना वर्ष रहन्छु थाहा छैन । तर सफा हात बोकेर छिरेको छु, सफा हात लिएर निस्किन्छु ।’

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *