TodayPati

जसपा र नेकपा एसबीच एकताका लागि वार्ता हुँदै

टुडेपाटी–
काठमाडौं, पुस २८ गते ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादीबीच एकता वार्ता हुन लागेको छ ।

पार्टी एकताका लागि गठित दुई पक्षको कार्यदलबीच छलफल हुन लागेको कार्यदलका सदस्य प्रकाश ज्वालाले बताए ।

Sponsored

नेकपा एकीकृत समाजवादीले बनाएको कार्यदलमा महासचिव वेदुराम भसालसहित नेताहरु डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् ।

यस्तै जसपाको कार्यदलमा नेताहरू राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी रहेका छन् ।

नेकपा एमालेबाट अलग भएपछि माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो । गत मंसिर ४ मा भएको निर्वाचनमा एकीकृत समाजवादीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १० सिट जिते पनि थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन ।
यस्तै, उपेन्द्र यादव नेतृत्वको जसपाका १२ सांसद छन् । सो पार्टीले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ सिट जितेको थियो ।

Sponsored

जसपा र एकीकृत समाजवादीबीच पार्टी एकता भए सो पार्टीका २२ सांसद पुग्नेछन् । उक्त पार्टी संसदमा चौथो ठूलो दल बन्ने छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *