TodayPati

मधेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

टुडेपाटी–
जनकपुरधाम, पुस २७ गते ।

मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् ।

मधेश प्रदेश सभाको १०७ मध्ये ६३ सांसदको हस्ताक्षरसहितको दावी गरेका उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले नियुक्त गरेका हुन् ।
मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्यको आवश्यक पर्छ ।

Sponsored

निवर्तमान सभामुख समेत रहेका यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १÷१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित ६३ प्रदेश सांसदको दावी पेश गरेका थिए ।

मधेश प्रदेशमा प्रदेश प्रमुख मिश्रले पुस २८ गते मध्यान्ह ४ बजेसम्मको लागि मुख्यमन्त्रीमा दावी पेश गर्ने समतय तोकेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *