TodayPati

मधेशको मुख्यमन्त्रीका लागि जसपाका सरोजकुमार यादवको दावी पेश

टुडेपाटी-
जनकपुरधाम, पुस २७ गते ।

मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता सरोज कुमार यादवले दावी पेश गरेका छन् ।

मधेश प्रदेश सभाको १०७ मध्ये ६३ सांसदको हस्ताक्षरसहितको दावी उनले प्रदेश प्रमुख हरिशंकर मिश्र समक्ष पेश गरेका हुन् । मधेस प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्यको आवश्यक पर्छ ।

Sponsored

निवर्तमान सभामुख समेत रहेका यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १÷१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित ६३ प्रदेश सांसदको दावी पेश गरेका हुन् ।

मधेश प्रदेशमा प्रदेश प्रमुख मिश्रले पुस २८ गते मध्यान्ह ४ बजेसम्मको लागि मुख्यमन्त्रीमा दावी पेश गर्ने समतय तोकेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *