TodayPati

कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने कोही भएन !

टुडेपाटी–
काठमाडौँ, पुस २६ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने निर्णय गरेको छ ।

सोमबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

Sponsored

संसद भवन बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको नेता कृष्णप्रसाद सिटौलाले बताए ।

प्रधानमन्त्री प्रचण्ड सोमबार साँझ सभापति देउवा निवास पुगेर विश्वास मत मागेका थिए ।
यसअघि बाँकी सबै दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *