TodayPati

प्रधानमन्त्री प्रचण्डलार्ई लोसपाले पनि विश्वासको मत दिने

टुडेपाटी–
काठमाडौँ, पुस २६ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विश्वासको मत दिने भएको छ।

पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई लोसपाले पनि विश्वासको मत दिने निर्णय गरेको हो।

Sponsored

यसअघि, नेकपा एकीकृत समाजवादीले पनि विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको छ।

प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै छन्।

विश्वासको मत लिनका लागि प्रधानमन्त्री प्रचण्डले १३८ सांसदको समर्थन लिनुपर्ने हुन्छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *