मधेश प्रदेश : जसपा संसदीय दलको नेतामा लालबाबु र सरोजकुमारको उम्मेदवारी
टुडेपाटी–
जनकपुरधाम, पुस २५ गते ।
मधेश प्रदेशको संसदीय दलको नेताका लागि जनता समाजवादी पार्टीबाट लालबाबु राउत र सरोजकुमार यादवको उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन समितिका संयोजक लालकिशोर साहका अनुसार राउत र यादवको उम्मेदवारी परेको हो ।
जसपाका मधेश प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरि १६ जना प्रदेशसभा सदस्य छन् । ्