भारतमा कोरोना संक्रमितको संख्या साढे २७ हजार नजिक, महाराष्ट्रमा मात्रै ३४२ को मृत्यु
टुडेपाटी-
जनकपुरधाम, वैशाख १६ गते ।
कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा मृत्यु हुनेको संख्या ९३९ पुगेको छ । सोमबार थप ५८ जनाको मृत्यु भएको भारतीय अधिकारीहरुले बताएका छन् ।
गएको २४ घन्टामा १५ सय ६१ जना संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २७ हजार ४५१ पुगेको छ ।
भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्र प्रदेशमा रहेको छ । त्यहाँ हालसम्म साढे ८ हजार बढी संक्रमित रहेका छन् भने करिब ३४२ जनाको मृत्यु भएको छ ।
त्यसपछि गुजरात, दिल्ली, राजस्थान, मध्य प्रदेश, तमिलनाडु र उत्तर प्रदेशमा बढी संक्रमित रहेका छन् ।
Sponsored