TodayPati

अब जनकपुरधामबाट पनि व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति

टुडेपाटी–
काठमाडौं, पुस २१ गते ।

वैदेशिक रोजगारीमा जानेहरुलाई जनकपुरधाम र विराटनगरबाट पनि व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिन थालिएको छ ।

यी स्थानबाट श्रम स्वीकृतिको नवीकरण मात्रै हुँदै आएकोमा अब नयाँ श्रम स्वीकृति समेत दिन थालिएको हो ।

Sponsored

वैदेशिक रोजगार विभागले नागरिकलाई प्रविधिमैत्री सेवा दिने भन्दै आइतबारदेखि श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिन थालेको श्रम, रोजगार तथा समाजिक सुरक्षा मनत्रालयले जनाएको छ ।

श्रम स्वीकृतिका लागि भौतिक रुपमा उपस्थित हुनुपर्ने विगतको व्यवस्थालाई हटाएर अनलाइन प्रणालीमार्फत सबै किसिमका श्रम स्वीकृति लिन पाउने व्यवस्था गरेपछि सेवामा आएको सुधारकै निरन्तरता स्वरुप विराटनगर र जनकपुरबाट पनि सेवा विस्तार गरेको मन्त्रालयको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “अब जनकपुरधामबाट पनि व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति

  • January 5, 2023 at 7:38 pm
    Permalink

    Janakpur ma kun thau ho

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *