TodayPati

बिहीबारसम्म हावाहुरी, चट्याङ र असिनासहित वर्षाको सम्भावना

टुडेपाटी-

काठमाडौं, वैशाख १६ गते ।

आजदेखि तीन दिन अर्थात् बिहीबारसम्म हावाहुरी, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको छ ।

Sponsored

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार पनि देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । साथै हावाहुरी, चट्याङ र असिनाको पनि उत्तिकै सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

‘अहिले पनि देशको पूर्वी भूभागमा वर्षा भइरहेको छ,’ मंगलबार बिहान मौसमविद् सजिना शाक्यले भनिन्, ‘अपराह्नपछि सबैतिर मौसम बदली भई वर्षाको सम्भावना देखिन्छ ।’

देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

Sponsored

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुरस्थानीय वायु र पूर्वी भूभागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव, साथै बंगालको खाडी रअरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल आइरहेको छ ।

देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुरस्थानीय वायु र पूर्वी भूभागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव, साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल आइरहेको छ ।

यसैकारण नेपालमा केही दिनदेखि हावाहुरीसहितको वर्षा भइरहेको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *