TodayPati

कांग्रेस नेता निधि भारत प्रस्थान

टुडेपाटी–
काठमाडौँ, पुस २० गते ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि भारतका लागि प्रस्थान गरेका हुन् ।

स्वर्गीय देवीप्रसाद (डिपी) त्रिपाठीको वार्षिकीमा सहभागी हुन बुधबार दिउँसो नेता निधि दिल्ली प्रस्थान गरेका हुन् ।

Sponsored

सभापति शेरबहादुर देउवाको स्वीकृतमा निधि दिल्ली गएको बुझिएको छ । भारतीय राजनीतिज्ञ तथा भारतीय राष्ट्रीय कांग्रेसका महासचिव स्वर्गीय त्रिपाठीको पहिलो वार्षिकीको अवसरमा आयोजित पुस्तक विमोचन समारोहमा निधिले भाग लिने कार्यक्रम छ ।

उक्त कार्यक्रममा अर्थराज्यमन्त्री पंकज चौधरी, विशिष्ठ व्यक्तिहरु केसी त्यागी, सुप्रिया, डि राजा, भारत र नेपालका लागि भियतनाका राजदूत लगायत कार्यक्रममा सहभागी हुने छन् ।

२०४७ सालमा त्रिपाठीले नेपालमा जनआन्दोलनका सदभाव राख्न काठमाडौं आएका थिए ।

Sponsored

त्रिपाठीको संयोजनमा भारतीय राजनीतिज्ञहरु नेता सिंहको निवासमामा भएको आन्दोलनमा सहभागी भएको थिए ।

चार दिने भारत भ्रमणका क्रममा निधिको राजनीतिक भेटघाटको पनि कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ ।

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालासँग भेटवार्ताको कार्यतालिका बनिसकेको छ भने बाँकी कार्यक्रम दिल्ली पुगेपछि तय हुने छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *