TodayPati

मधेश प्रदेशमा सभामुखको निर्वाचन माघ २ गते

टुडेपाटी-
जनकपुरधाम, पुस १८ गते ।

मधेश प्रदेशका सभामुखको निर्वाचन माघ २ गते हुने भएको छ । प्रदेश प्रमुख हरिसंकर मिश्रले सोमबार आह्वान गरेको प्रदेशसभाको पहिलो अधिवेशन बैठकबाट माघ २ गते सभामुखको निर्वाचन गर्ने मिति तय भएको हो ।

जेष्ठ सदस्यको हैसियतले सभाको अध्यक्षता गरेका गोविन्द न्यौपानले माघ २ गते तोकेको जानकारी गराए । प्रदेशसभा कार्यसंचालन नियमावली २०७५ को नियम ७ बमोजिम सभामुखको निर्वाचन हुने छ । जसको लागि पुस २९ गते निर्वाचन कार्यक्रम सम्बन्धि सूचना पुस २९ गते जारी गर्न प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवलाई निर्देशन दिइएको छ ।

Sponsored

यस्तै बैठकको सुरुमा प्रदेश प्रमुख मिश्रले पठाएको अधिवेश सुरु सम्बन्धि पत्र अध्यक्ष न्यौपानेले सुनाएका थिए । बैठक संचालन गर्न प्रदेशसभाके कार्यसञ्चालन नियमावली २०७५ नयाँ नबन्दा सम्मको लागि अनुमोदन गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *