TodayPati

जनमत पार्टीले माग्यो आफ्नो जनप्रतिनिधिसँग ६ महिनाको कार्यप्रगति विवरण

टुडेपाटी–
जनकपुरधाम, पुस १८ गते ।

जनमत पार्टीले आफ्नो जनप्रतिनिधिहरुसँग ६ महिनाको कार्यप्रगति विवरण मागेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई ७ दिनभित्र आफ्नो प्रगति विवरण बुझाउन निर्देशन दिएको छ ।

सोमबार पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले पत्र लेख्दै जनमतबाट निर्वाचित स्थानीय जनप्रतिनिधिसँग ६ महिनाको कार्यकाल पूरा गर्दा आफूले गरेको कार्यसम्पादनको प्रतिवेदन ७ दिनभित्र केन्द्रीय सचिवालयलाई पठाउन निर्देशन दिएका हुन् ।

Sponsored

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जनमत सप्तरीका हनुमाननगर कंकालिनी नगरपालिकामा दुई वडासहित प्रमुख र बलान बिहुल गाउँपालिकामा दुई वडासहित अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएको थियो । त्यस्तै अध्यक्ष राउतको गृहपालिका महादेवा गाउँपालिकाको एउटा वडामा जनमत विजयी भएको थियो । जनमतले कुल १९ वटा वडामा अध्यक्ष पद जितेको थियो ।

‘जनमत पार्टीको अवधारणा लागू गर्न के–कस्ता कार्यक्रमहरू सञ्चालनमा ल्यानुभयो, जनसरोकारका विषयहरूलाई सम्बोधन गर्न के–कस्तो पहल गर्नुभयो ? जनमत पार्टीको स्थानीय समिति र कार्यकर्ताहरूसँग समन्वय कस्तो रह्यो आदि विवरण प्रतिवेदनमा समावेश गर्नुहुन अनुरोध छ।’, अध्यक्ष राउतको पत्रमा भनिएको छ ।

त्यस्तै अध्यक्ष राउतले पार्टीको वडा र पालिका समितिलाई पनि पत्र लेख्दै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यमूल्यांकनबारे प्रतिवेदन पठाउन निर्देशन दिएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *