संघीयता कार्यान्वनमा चुनौती कायमै छ : मुख्यमन्त्री राउत
टुडेपाटी–
जनकपुरधाम, पुस १८ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनमा अझै पनि चुनौती रहेको बताएका छन् ।
मधेश प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्दै मुख्यमन्त्री राउतले संघीयता कार्यान्वयन गर्न मधेश प्रदेशलाई अझ बढी चुनौती रहेको बताए ।
नयाँ सरकारकालाई प्रदेश प्रहरी भर्ना गर्न चुनौती हुने बताउँदै उनले सबै दल एकमत भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । प्रहरी समायोजनको काम अन्तिम चरणमा पुगेकोले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको समन्वयमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
‘चुनौतीका बीच प्रदेशसभाबाट प्रदेश प्रहरी ऐन, प्रदेश निजामती ऐन बनाउँदा सबै दलको सहयोग सरकारका लागि महत्त्व राख्दछ,’ राउतले भने,‘ऐन र नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित गर्न सकारात्मक सहयोग प्राप्त भयो ।’
संघीयता कार्यान्वयनकै लागि संघीय सरकारविरुद्ध दर्जनभन्दा बढी मुद्दा दायर गर्नु परेको पनि उनले बताए ।
Sponsored
मुलुकमा मधेश प्रदेशले मात्र संघीयता टिकाएको दाबी गर्दै मुख्यमन्त्री राउतले प्रदेश सांसद एकताबद्ध भएर अगाडि बढे मात्रै संघीयता कार्यान्वयन हुने बताए ।