मधेश प्रदेशको प्रदेशसभा बैठक सुरु
टुडेपाटी-
जनकपुरधाम, पुस १८ गते ।
मधेश प्रदेशसभाको पहिलो अधिवेशन बैठक सुरु भएको छ ।
नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथग्रहण पछि प्रदेशसभाको पहिलो बैठक आज बसेको हो ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम आज दिउँसो १ बजेका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रले अधिवेशन आह्वान गरेका थिए ।
अहिले सदनमा मुख्यमन्त्री लालबाबु राउत सम्बोधन गरिरहेका छन् ।
Sponsored