TodayPati

ओली सरकार विरुद्ध कांग्रेस, जसपा र राप्रपाको मोर्चाबन्दी

टुडेपाटी-
काठमाडौं, वैशाख १५ गते ।

सत्ता बाहिर रहेका तीन दल सरकार विरुद्ध संघर्ष गर्न मोर्चाबन्दी गरेका छन् । कांग्रेस, जसपा र राप्रपाले सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकाल्दै लोकतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध गरेर संघर्ष गर्ने प्रतिवद्धता जनाएका छन् ।

सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा जनता समाजवादी दल र राप्रपा शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकले सरकार स्वच्छाचारी र सर्वसत्तावादी भएको भन्दै एक भएर संघर्ष गर्ने निर्णय गरेका छन् ।

Sponsored

सरकारकै संलग्नतामा सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको उनीहरुको दाबी छ ।

बैठकपछि तीन दलका शीर्ष नेताहरुले जारी विज्ञप्तिमा भनिएको छ, ‘यता अपराधिका कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कारबाही अगाडि बढाउन माग गर्दछ ।’

तीनै दलले लकडाउनका कारण नेपाली अर्थतन्त्रमा परेको असर कम गर्न तत्काल राहत ठोस कार्ययोजना ल्याउन माग गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *