महोत्तरीको एउटै पालिकाबाट ६ जना प्रदेश सांसद
टुडेपाटी–
महोत्तरी, पुस १७ गते ।
महोत्तरीको एउटै स्थानीय तहबाट ६ जना प्रदेशसभा सदस्य बनेका छन् ।
मनरासिसवा नगरपालिकाबाट ६ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् जसमा ४ जना महिला र दुई पुरुष सांसद छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यो नगरपालिका ठेगाना भएका प्रत्यक्षतर्फ २ र समानुपातिकबाट ४ जना निर्वाचित भएका हुन् ।
प्रत्यक्षतर्फ मनरासिसवा ८ सहसरामकी रानी कुमारी तिवारी क्षेत्र नं ३ (२) बाट र वडा नं ७ सरपल्लोका सरोजकुमार सिंह क्षेत्र नं ४ (२) बाट निर्वाचित भएका छन् ।
तिवारी लोकतान्त्रिक समाजवादी पार्टी र सिंह जनता समाजवादी पार्टीबाट निर्वाचित भएका हुन् ।
Sponsored
यस्तै, समानुपातिकतर्फ मनरासिशवा ६ सरपल्लोकी रमिता प्रधान लोसपाबाट, वडा नं ७ सरपल्लोकै अनिता साह र वडा नं ८ सहसरामका चन्दन सिंह जनमत पार्टीबाट, तथा वडा नं ८ सहसरामबाटै अञ्जना पण्डित नेपाली काङ्ग्रेसबाट मधेश प्रदेशको सांसद बनेका छन् ।