TodayPati

जनमत पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा महेश यादव

टुडेपाटी-
जनकपुरधाम, पुस १७ गते ।

जनमत पार्टी मधेश प्रदेशको संसदीय दलको नेतामा महेश प्रसाद यादवलाई चनय भएका छन् ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरी निर्वाचन क्षेत्र नं.२ (ख)बाट निर्वाचित यादवलाई दलका नेतामा चयन गरेका हुन् ।

यस्तै प्रमुख सचेतकमा चन्दन कुमार सिंह, सचिवमा शम्भु साह र कोषाध्यक्ष भाग्यश्री कुमारी चौधरीलाई चयन गरिएको हो ।

Sponsored

पुस ५ गते जनकपुरमा बसेको जनमतको संसदीय दलको बैठकले अध्यक्ष राउतलाई दलको नेता र सचेतक चयन गर्ने जिम्मेवारी दिएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *