पत्रकारलाई ज्यनमार्ने धम्की दिने मेयरमाथि कारबाही नभए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी
टुडेपाटी-
जनकपुरधाम, पुस १६ गते ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाले जनकपुरका पत्रकार शैलेन्द्र महतो क्रान्तिलाई ज्यान मार्ने धम्की दिने धनुषाको विदेह नगरपालिका मेयर बेचन दास तत्मालाई कारबाहीको माग गरेको छ । शनिबार धनुषा शाखा सचिव बटुकनाथ झाले एक प्रेस विज्ञप्ती जारी गर्दै नगरप्रमुख जस्तो व्यक्तिले पत्रकार महतोलाई दिएको ज्यान मार्ने धम्की घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
मधेश प्रदेशको सर्वोच्च निकाय कानून बनाउने थलो प्रदेशसभा परिसरम पत्रकार महतोमाथि गैरजिम्मेवार, अपमानजनक र अभद्र व्यवहार गरेका नगरप्रमुख दासलाई अभिलम्ब कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
घटनाप्रति खेद प्रकट गर्दै महासंघले यथासीघ्र नगरप्रमुख दासलाई कारबाही नभए चरणवद्ध आन्दोलनमा जान वाध्य हुने चेतावनी समेत दिएको छ ।
‘नगरप्रमुख दासले पत्रकारले लेखेको समाचारलाईनै लिएर पत्रकारलाई दुश्मन ठानी वदलाको भावना लिएर गालीगलौज र अपशब्द पहिला पनि प्रयोग गर्दै आएको हामीलाई जानकारी हुन आएको छ’ विज्ञप्तीमा अगाडि लेखिएको छ ‘पत्रकारले लेखेको समाचारले समाजलाई सही दिशा तर्फ सकारात्मक परिवर्तनको रुपमा नलिई जाई लाग्नु समाज, राष्ट्र र स्वयम् आफ्नै लागि पनि दुर्भाग्यपूर्ण रहेको छ । त्यसैले यस घटनाको जति निन्दा र भर्त्सना गरेपनि कम नै हुनेछ ।’
शुक्रबार नवनिर्वाचित मधेश प्रदेशका सांसदको सपथ समारोहको समाचार संकलन गर्न पुगेका पत्रकार महतोलाई विगतमा समाचार लेखेकै निहुमा मेयर दासले दर्जौ व्यक्तिको सामुन्ने कुनैदिन छातीको करंक भाँचि छाड्ने धम्की दिएका थिए ।
Sponsored