TodayPati

मधेश प्रदेशका सभामुख र उपसभामुखका लागि पुस ३० गते मनोनयन दर्ता हुने

टुडेपाटी–
जनकपुरधाम, पुस १६ गते ।

मधेश प्रदेशको सभामुख तथा उपसभामुखका लागि पुस ३० गते मनोनयन दर्ता हुने भएको छ ।

शनिबार बसेको सर्वदलीय बैठकले यस्तो सहमति गरेको हो ।

Sponsored

शुक्रबार नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले शपथग्रहण गरेसँगै सभामुख र उपसभासमुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता गर्ने र माघ २ गते उम्मेदवारीको प्रस्तावलाई प्रदेशसभामा निर्णयार्थ पेस गर्ने निर्णय गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस १८ गतेका लागि प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेका हुन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *