लोसपाले सरकारमा जानेबारे तत्काल निर्णय नलिने
टुडेपाटी–
काठमाडौं, पुस १५ गते ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नव गठित सरकारलाई सहयोग गर्ने कि नगर्ने विषयमा केही दिन कुर्ने भएको छ ।
एमाले र माओवादी केन्द्रका तेस्रो, चौथो तहका नेताहरुले सरकारलाई सहयोग गर्न प्रस्ताव लिएर आएपनि शीर्ष तहबाट कुनै सोधखोज गरिएको छैन ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने जिज्ञसामा सो पार्टीका कार्यकारिणी सदस्य एवं प्रतिनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले विश्वास मत दिने अघिल्लो दिन मात्र आफूहरुले त्यसको बारेमा निर्णय गर्ने बताए ।
प्रतिपक्षमा बस्ने कि सत्ता पक्षमा बस्ने निर्णयमा नपुगेका लोसपा सत्ता गठबन्धनको गतिविधिलाई नजिकबाट नियाली रहेको छ ।
आफूहरुले उठाएको माग मुद्दा र एजेण्डा कार्यान्वयन गर्ने प्रतिवद्धता आयो भने सरकारलाई समर्थन गर्ने विषयमा छलफल गर्न सकिने उनले बताए ।
Sponsored