मधेश प्रदेशका जेष्ठ सदस्य न्यौपाने भोली पद तथा गोपनियताको सपथ लिने
टुडेपाटी–
जनकपुरधाम, पुस १३ गते ।
मधेश प्रदेशसभाका ज्येष्ठ सदस्य गोवीन्द बहादुर न्यौपाने भोली पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
७१ वर्षीय न्यौपानेलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले बिहीबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ खुवाउन लागेका हुन् ।
अब सांसद न्यौपानेले ज्येष्ठ सदस्यका हैसियतले प्रदेशसभाको अध्यक्षता गर्नेछन् ।
नेकपा एकीकृत समाजवादीका न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरीको ४ ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
प्रदेशसभाका बाँकी १०६ जना सदस्यलाई शुक्रबार न्यौपानेले शपथ खुवाउने कार्यक्रम रहेको छ ।
Sponsored