TodayPati

आठ सदस्यीय मन्त्रिपरिषद् गठन, गृहमन्त्री बने रवि

टुडेपाटी–
काठमाडौँ, पुस ११ गते ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

यस्तै, मन्त्रिपरिषद्मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पाएका छन् ।

Sponsored

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।

ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खान पनि मन्त्री बनेका छन् । उनीहरुको कार्यभार अहिले तोकिएको छैन् ।

सबै मन्त्रीहरुले शीतलनिवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ लिएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *