प्रचण्डले लिए प्रधानमन्त्रीको रुपमा शपथ
टुडेपाटी–
काठमाडौँ, पुस ११ गते ।
प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सोमबार राष्ट्रपति भवन शितल निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्।
नेपालका ४४ औँ प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ।