जनमतले लियो उद्योग मन्त्रालय, को बन्दै छ मन्त्री ?
टुडेपाटी–
काठमाडौं, पुस ११ गते ।
पहिलो पटक संसदीय राजनीतिमा गएको जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ ।
सोमबार संसद भवन, बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकमा जनमत पार्टीले यो मन्त्रालय लिने सहमति भएको हो ।
सांसदको रुपमा धेरै काम गर्न सक्ने अवस्था नभएकाले आफ्नो दलले सरकारमा जाने निर्णय गरेको पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले बताए । उनका अनुसार पार्टीको तर्फबाट उपाध्यक्ष अब्दुल खान मन्त्री बन्ने छन् ।
प्रतिनिधिसभामा ६ सांसद भएको जनमत पार्टीमा सीके राउत आफैं सरकारमा जानुपर्ने मत भएपनि उनले अहिले आफू सरकारमा नजाने बताएका छन् ।
Sponsored