सरकारमा सहभागी हुने नहुने विषयमा छलफल गर्न रेशम चौधरीले कारागारमै बोलाए बैठक
टुडेपाटी–
काठमाडौँ, पुस ११ गते ।
नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सरकारमा सहभागी हुने अथवा नहुने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरूलाई कारागारमै बोलाएका छन्।
पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको उक्त दलले सरकारमा सहभागी हुने विषयमा छलफल गर्न लागेको हो।
चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसहितका शीर्ष नेताहरूलाई डिल्लीबजारस्थित कारागारमा छलफलका लागि बोलाएका हुन्।
प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा समर्थन गर्ने गठबन्धनको बैठक सोमबार बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्दैछ।
Sponsored