TodayPati

महोत्तरीमा चरम यातना दिएर मजदुरको हत्या, मलद्वारमा पेट्रो खन्याएर अगो लगाइ बनाए भिडियो

टुडेपाटी-
जनकपुरधाम, पुस १० गते ।

घरभित्र पराल ओछ्याइएको छ । कोठाको छेउमा कुर्सी छ । बियरका बोतल छरपष्ट देखिन्छन् । पानी छ । कोठाकोबीच भागमा परालमा एक युवक अर्धनग्न अवस्थामा ढलेका छन् । एकजनाले अर्कालाई सोध्छन् ‘जिनमा गाँजा बैनगेलौ ? जवाफ आउँछ ‘हँ’ । ‘जल्दी बनान यार । एमहर हमरा मुहपर फेसपर भिडियो ले’ । फेरि क्यामेरा लडेका युवकको चाकमाथि तेर्साउँछन् । र ती आदेशकर्ता व्यक्तिले जोडले भन्छन् ‘नेपाल प्रहरी छिटो आउनुस् । मलाई समाउनुस्’

फेरि ती युवक भन्छन्‘ मैले यसलाई १५ हजारको महिना । चारदिन मात्र काम । हप्तामा तीनदिन विदा । एउटा खँसी मात्र हलाल गर्नु थियो । तर, यिनले १३ हजार फस्ट दिनमै बर्बाद गरिदियो । यता भिडियो गर त मेरे आगो लगाउन दे ।’ यति भनेपछि भिडियो लिनेले क्यामेर ती युवक माथि तेर्साउँछन् । फुलपैन्ट लगाएको । हातमा पराल र लाइटर लिएका युवक देखिन्छन् । पुनः गाली गर्दै परालमा अर्धनग्न हाथ बाँधेको अवस्थामा लडेका युवकलाई गाली गर्दै ती भन्छन् ‘हाथ जोडेर माफी माग । बाप मलाई माफ गर्दे, भन् ।’ लडेका युवक गिरगिराउँदै मसिनो स्वरमा केल्टे फेरेकै अवस्थामा हाथ जोडर भन्छन् ‘बाप मलाई माफ गरिदिनुस्’ ।

Sponsored

त्यसपछि ती युवकले लडेका युवकको मलद्वारमा बियरको बोतलमा रहेको पेट्रोल खन्याउँछन् । परालमा आगो लगाएर मलद्वारमा आगो लगाउँछन् । अर्धनग्न युवक छटपटाइरहन्छ । गुहार मागिरहन्छन् । त्यहाँ एक अर्का युवक पनि कोठामै बसेको देखिन्छ । वर्वर यातनाको लिशिला जारी रहन्छ । यस्तो दृष्य आजसम्म कुनै फिल्मी सिनेमामा पनि छैन । यी भिडियो देखेपछि जो कोहीलाई आप्नो क्रोध थाम्न गाह्रो पर्छ ।

यो घटना हो महोत्तरीको समसी गाउँपालिका वडा नं. २ पर्सादेवाडको । चयरमयातना झेल्ने युवक हुन् स्थानीय ४० वर्षीय मो. खुर्सैद अन्सारी र यातना दिने नाइके हुन ३५ वर्षीय अब्दुल सलाम शेष । खुर्सैद अब्दुलका घरमा काम गर्ने श्रमिक हुन् । चरम यातनाको कारण खुर्सैदको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ । उनको जनकपुरधाम स्थित जानकी हेल्थकेयरमा मृत्यु भएको हो ।

Sponsored

मृतक खुर्सैदका भाई मो. समजन अन्सारीका अनुसार बुधबार बिहानै ६ खुर्सैदलाई घरको काम गर्न भनि अब्दुलले बोलाएर लगेका थिए । दिउँसो ३ बजे खुर्सैदलाई अर्ध नग्न एवं गम्भीर अवस्थामा घरबाहिर दैलोमा फालेपछि स्थानीयले थाहा पाएका थिए । खुर्सैदलाई तत्कालै आफन्तजनले उपचारको लागि अस्पताल पुर्याए । प्रहरी घटनास्थल पुगेर मो.अब्दुलाई नियन्त्रणमा लिएको छ । उनलाई सोही दिन इलाका प्रहरी कार्यालय गौशालाले पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए ।

उनले दिनभर नशा सेवन गरेर लठ्ठी, मुका, लात लगायतले कुटपिट गर्नुको साथै मलद्वारमा पेट्रोल खन्याएर आगो लगाएका थिए ।

अब्दुल यसअघि पनि दुईपटक लागूऔषध मुद्दामा पक्राउ परेर छुटेको स्थानीय । पहिला नै प्रहरीले पैसा खाएर अपराधी अब्दुललाई पटक पटक छाडेको कारण यस्तो जघन्य अपराध गरेको स्थानीयको आरोप छ । मृतक खुर्सैदको घरको आर्थिक अवस्था कमजोर रहेकाले आफ्नो थोरैखेतीपाती र ज्यालादारी गर्दै आएका थिए । उनका चार छोरी र दुई छोरासहित ६ सन्तान छन् ।
मृतकका भाई समजद अन्सारीले दोषीमाथि कडा कारबाही हुनु पर्ने र क्षतिपुर्ति पाउनु पर्ने माग गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *