TodayPati

एसपी यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

टुडेपाटी-
जनकपुरधाम, पुस ८ गते ।

नेपाल प्रहरीका उपरीक्षक (एसपी) रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छनु । उनलाई भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेको हो ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई एसपी यादवलाई दोषी ठहर गरेको अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए । उनलाई विशेष अदालतको फैसला उल्टाउँदै ४ महिना कैद र ९७ हजार ५० रुपैयाँ जरिवाना गर्ने फैसला गरिएको हो ।

Sponsored

२०७० मा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत रहँदा अनियमितता गरेर मुद्दा मिलाएको आरोपमा उनीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले उनलाई सफाइ दिएको थियो । सर्वोच्चले सो फैसला उल्ट्याएको छ ।

सर्वोच्च अदालतले दोषी ठहर गरेसंगै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको इन्चार्ज रहेका यादव स्वतः निलम्बनमा परेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *