TodayPati

नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यहरुले लिए पद तथा गोपनियताको सपथ

टुडेपाटी-
जनकपुरधाम, पुस ७ गते ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । जेष्ठ सदस्य पशुपति शम्शेर जबराले शपथ ग्रहण गराएका हुन् ।

नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुन बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

Sponsored

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *