TodayPati

शक्ति बाँडफाँटका लागि छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्ने तयारी

टुडेपाटी–
काठमाडौं, पुस ६ गते ।

सत्ता गठबन्धनले चुनावपछिको शक्ति बाँडफाँटबारे छलफल गर्न बैठक बस्ने भएको छ।

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको परिणाम सार्वजनिक भएपछि यस विषयमा छलफलका लागि बैठक राख्ने तयारी भएको हो।

Sponsored

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिणामलगत्तै बैठक राख्ने तयारी भएको बताएका छन्।

नेकपा एसकी सचिव रामकुमारी झाँक्री र स्वतन्त्र सांसद अमेरशकुमार सिंहसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

‘शक्ति बाँडफाँट बारेको प्रस्तावमा अनौपचारिक छलफलका लागि कांग्रेस संसदीय दलको मत परिणामपछि गठबन्धनको बैठक बस्ने तयारी छ,’ उनले भनेका छन्।

Sponsored

बुधबार साँझ नै बैठक बस्न सक्ने प्रचण्डले बताएको एकीकृत समाजवादीकी सचिव झाँक्रीले बताइन्।

यसअघि सांसदहरूको शपथ ग्रहणपछि शक्ति बाँडफाँटको छलफल गर्ने गठबन्धनको तयारी थियो। सांसदहरूको शपथ पुस ७ गते तोकिएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *